समाचार

पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु १४ जना घाइते

१७ भदौ, काठमाडौँ । काठमाडौँको पेप्सीकोलामा सवारी दुर्घटनामा १ जनाको मृत्यु र १४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सर्लाही जिल्लाको शान्तिटोल-१ का २१ वर्षीय राज भट्टराई रहेको प्रहरी सहायक निरीक्षक रविचन्द्र पुडासैनीले जानकारी दिए ।

जडीबुटीबाट पेप्सीकोलातर्फ आउँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय सङ्घको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा६च ५३४२ नम्बरको बलेरो गाडी आज बिहान एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो । दुर्घटना हुँदा १४ जना घाइते भएको राससलाई जानकारी दिए।

दुई गाडी ठोक्किँदा बागमती प्रदेश०२–०३७प ५३११ नम्बरकोे स्कुटर र बागमती प्रदेश०२–०४१प ४८३८ नम्बरको मोटरसाइकलमा समेत ठोक्किएको थियो ।

प्रहरी प्रवक्ता ढुङ्गेलका अनुसार घाइतेमध्ये आठ जनाको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल र छ जनाको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।