उर्जा

फोटोनको टीएम वान विद्युतीय ट्रकको फुल लोअडमा सफल परीक्षण

१७ भदौ, काठमाडौँ । फोटोनको विद्युतीय ट्रक निक्कै शक्तिशाली रहेको प्रमाणित भएको छ। उक्त टीएम वान विद्यूतीय ट्रकले पूर्ण क्षमतामा लोड बोकेर ह्वाइट गुम्बा र सोह्र खुट्टेको उकालो सजिलै पार गर्न सफल भएको छ ।

फोटोनको नेपालका लागि आधिकारिक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले हालै उक्त परीक्षण गरेको थियो। फोटोन टीएम वान विद्युतीय ट्रकले १४ सय किलो लोड बोक्ने क्षमता राख्छ ।

एक पटकको फुल चार्जमा २ सय ८० किलोमिटर रेन्ज दिने टीएम वान सहरी क्षेत्र तथा मध्यम दुरीमा सामान ओसारपसारका लागि उपयुक्त ठहरिएको कम्पनीले जनाएको छ । उक्त, टीएम वान विद्युतीय ट्रक यसपाली हुन गैरहेको को ल्ब्म्ब् द्दण्डण्, बिशेस ओफ्फ़र का साथ प्रदर्सन गर्ने जनाएको छ ।