स्वास्थ्य

वीर अस्पतालमा एक जना पुरुषले  आत्महत्या गरे

१७ भदौ, काठमाडौँ । काठमाडौँको वीर अस्पतालमा एक जना पुरुषले हाम फालेर आत्महत्या गरेका छन् । 

अन्दाजी ४० वर्षे पुरुषले अस्पतालको सर्किजल भवनको छैटौँ तलाबाट हाम फाल्दा उनको निधन भएको अस्पतालका सूचना अधिकारी सागर मिश्रले जानकारी दिए । 

उनी अस्पतालमा बिरामीको आफन्त हु भन्दै  बिहान करिब २/३ बजेतिर प्रवेश गरेर हाम फालेका थिए ।