समाचार

काँग्रेसबााट निर्बाचित काठमाडौं वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन

२१ भदौ, काठमाडौं । काठमाडौं वडा नम्बर १६ का वडाध्यक्ष एबम् नेपाली काँग्रेस क्षेत्र नम्बर ७ का क्षेत्रीय सभापति मुकुन्द रिजालको आज बिहान निधन भएको छ । आज ७.३० बजे रिजालको निधन भएको अस्पतालका निर्देशक डा विनोद विजुक्छेले जानकारी दिए । दुवै फोक्सोमा सिभियल निमोनिया (भाइरल निमोनिया) का कारण निधन भएको डा बिजुक्छेले पुष्टी गरेका छन् ।

डेंगु संक्रमणभएपछि पाँच दिन अगाडी ग्राण्डी अस्पताल भर्ना गरिएको रिजाल गत स्थानीय तह निर्बाचनमा नेपाली काँग्रेसका तर्फबाट बिजयी भएका थिए ।

फोक्सोमा पानी जमेर निमोनियाले समेत च्यापेका कारण अस्पतालको भेन्टीलेटरमा राखेर उपचार गरिाएका रिजालको आज बिहान निधन भएपछि उनको पार्थीव शरीर अहीले ११ बजेदेखी राष्ट्रिय सभा गृहमा श्रद्धान्जलीका लागि राखिने बताईएको छ ।

वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा छन् । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारका एक सदस्यले जानकारी दिए ।