समाचार

सहमहामन्त्री यादवमाथिको आक्रमण र बालिका निधनबारे जानकारी गराउन सभामुखको निर्देशन

२१ भदौ, काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमण र कान्ति बाल अस्पतालमा उपचार अभावमा पाँच वर्षीय बालिका रेजिशा गोपालीको निधनबारे सदनलाई जानकारी दिन नेपाल सरकारलाई निर्देश (रुलिङ) गरेका छन् ।

आजको बैठकको आकस्मिक, शून्य र विशेष समयमा विभिन्न पार्टीका सांसद्ले घटनाको निन्दा गर्दै घटनाको छानबिन गर्न माग गरेपछि सभामुखले उक्त निर्देशन गरेका हुन् ।