समाचार

सर्वोच्चको फैसला सम्मान गर्छौं, यो सरकारको आयु ३० दिन मात्रै हो : प्रमुख सचेतक राई

२१ भदौ, विराटनगर । नेपाली कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने बताएका छन् ।

सर्वोच्चको फैसलापछि प्रमुख सचेतक राईले भने, “अल्पमतले बहुमतलाई शासन गर भन्ने खालको सर्वाेच्चको फैसला आयो, तर त्यसलाई हामी सम्मान गर्छाै । कानुनी शासन पालना गर्ने पार्टी भएकाले यसलाई स्वीकार गर्छाैं ।”

अदालतले मुख्यमन्त्री थापालाई पदमुक्त गर्दै संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिए पनि यो सरकारको आयु पनि ३० दिन मात्रै रहेकाले अर्को सरकार बनाउन लागिपर्ने कांग्रेस नेता राईले बताए ।