राजनीति

वर्तमान संविधान बीपी विचारकै सार भएको राष्ट्रपति पौडेलको दावी

२२ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधान बीपी विचारकै सार भएको बताएका छन् ।

जननायक बीपी कोइराला स्मृति ट्रस्टले कोइरालाको ११० औं जन्मजयन्तीको बीपी साहित्य तथा स्वतन्त्रता सेनानी सम्मान कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले अहिलेको संविधानले गरेको समावेशी व्यवस्थासहितका लोकतान्त्रिक मूल्य मान्यता बीपीले चाहेको समावेशी समाजको अवधारणाको सार भएको ।

त्यस्तै, उनले बीपीको विचारलाई अन्यथा व्याख्या नगर्न पनि आग्रह गर्दै भने, “राष्ट्रिय एकता र मेलमिलापबाटै मुलुकसामु देखापर्ने समस्याको समाधान खोज्नुपर्छ भन्ने उहाँको धारणालाई समय र परिस्थितिसापेक्ष बनाउँदै त्यसैलाई अनुकरण गरेर आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि हासिल गर्न सफल भएका छौं ।”

कार्यक्रममा बीपी साहित्य सम्मान जनकपुरका डा. राजेन्द्र बिमललाई प्रदान गरियो । पुरस्कारको राशी एक लाख एकहजार रुपैयाँ र सम्मानपत्र छ ।