प्रदेश 1

हिक्मत कार्कीले आजै शपथ लिने, यी दुई मन्त्रीलाई शपथ गराउने तयारी

२२ भदौ, विराटनगर । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आजै मुख्यमन्त्रीको शपथ लिँदै छन् ।

सर्वोच्च अदालतको परमादेश अनुसार कोशी प्रदेश प्रमुखको कार्यालयले कार्कीलाई मुख्यमन्त्री नियुक्तिको तयारी थालेको छ । स्रोतका अनुसार आज शुक्रबार नै साँझसम्म शपथग्रहण गर्ने तयारी भएको हो ।

मुख्यमन्त्रीसँगै आज २ जना मन्त्रीलाई पनि शपथग्रहण गराउने एमालेकेा तयारी छ । एक नेताका अनुसार तिलकुमार मेन्याङ्वो र एकराज कार्कीलाई मन्त्री बनाउने तयारी छ ।