२२ भदौ, विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई समर्थन गर्ने भएको छ ।
एमाले नेतृत्वको सरकारलाई पार्टीको समर्थन रहने राप्रपाका संसदीय दलका नेता भक्ति सिटौलाले बताए । उनका अनुसार सरकारलाई समर्थन गरे पनि मन्त्री भने तत्काल नपठाउने भएको छ ।
सिटौलाले संविधानमाथि भएका हस्तक्षेपहरुलाई सर्वोच्च अदालतले सच्चाएको बताए ।





