२ भदौ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङबाट मुख्यमन्त्री कार्कीले पद तथा शपथ लिएका हुन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।





