२ भदौ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङबाट मुख्यमन्त्री कार्कीले पद तथा शपथ लिएका हुन् ।
वनियुक्त मुख्यमन्त्री कार्कीले मन्त्रीमा तीलकुमार मेन्याङ्बो, एकराज कार्की, पाँचकर्ण राई र राज्यमन्त्रीमा सिर्जना राईलाई नियुक्त गरेका छन् ।
मेन्याङ्बोलाई खानेपानी, सिँचाइ तथा उर्जा र स्वास्थ्य मन्त्रालय, पाँचकर्ण राईलाई वन वातावरण तथा पर्यटन मन्त्रालय र उद्योग, भूमि व्यवस्था तथा कृषि मन्त्रालय, कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र सिर्जना राईलाई सामाजिक विकास राज्यन्त्रीमा नियुक्त गरेको छ । उनीहरुले पनि शपथ लिएका छन् ।





