राजनीति

कोशीमा कांग्रेस र एमालेको सरकार बन्न संभव छ : कांग्रेस

२२ भदौ, विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले कांग्रेस र एमालेको सरकार बन्ने सम्भावना रहेको बताएका छन्।

निवर्तमान मुख्यमन्त्रीसमेत रहेका थापाले नेपाली कांग्रेस र नेकपा एमालेले आधा आधा बाँडेर सरकार चलाउन संभव रहेको बताएका छन् । उनले कार्की नेतृत्वको सरकारले ३० दिन भित्रमा विश्वासको मत नपाएमा संविधानको धारा १६८ को उपधारा ५ अनुसारको सरकार बन्ने र त्यो सरकारको दाबी गर्न आफूसँग ४७ मत भएको उनले बताए ।

धारा १६८ को उपधारा ५ अनुसारको सरकार आफूले बनाउने र विश्वासको मत नपाए कोशी प्रदेश मध्यावधीमा जाने पनि उनले बताए । तर आफूहरुले सकेसम्म मध्यावधीमा जान नपरे हुन्थ्यो भन्ने चाहेको थापाले स्पष्ट पारे ।