तस्विरहरु

आचार्यहरुको छोरीबुहारी दर खाने तथा नागगान कार्यक्रम भब्य रुपमा सम्पन्न ( तस्विरहरुसहित)

२३ भदौ, काठमाडौं । आचार्य बन्धु समाज नेपाल महिला बिभागले आज काठमाडौंमा भब्य तीजको अवशरमा दर खाने तथा नाचगान कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौंको सिनामंगलस्थीत एब पार्टीप्यालेशमा सम्पन्न कार्यक्रममा पाँच सयभन्दा बढी दिदीबहिनी, हजुरामाहरुलगायतको उपस्थिति रहेको महिला बिभागकी सचिव बबतिा शर्मा आचार्यले बताईन् ।
एकमहिना अगाडीदेखी तयार गरिएको आजको कार्यक्रममा काठमाडौंमा बस्ने कौडिन्य गोत्रीय छोरीबुहारीको उल्लेख्यमात्रामा उपस्थिति रहेको थियो । कार्यक्रममा ७० बर्ष पार गर्नुभएका आचार्यका छोरीबुहारीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
समाजकी बिभाग अध्यक्ष अम्बिका रुपाखेती आचार्यले कार्यक्रम सभ्य र भब्य भएको भन्दै यस्ता आगामी बर्ष अझै भब्य र ब्यवस्थीत कार्यक्रम गर्दै लाने बताईन् ।
समाजकी उपाध्यक्ष गायत्री आचार्य, सहसचिव, तारा आचार्य, सदस्यहरु सूचना आचार्य, प्रेमा आचार्य, उर्मिला आचार्य, मैयाँ आचार्य, मन्जु आचार्य, अन्जना आचार्यले ब्यवस्थापनलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका थिए । कार्यक्रममा महिला बिभाग केन्द्रीय पदाधिकारी तथा सदस्यहरु खनि आचार्य बन्धु समाज नेपाल बागमती प्रदेशका पदाधिकारी दथता सदस्यहरुलाई निर्बाचितको प्रमाणपत्र बितरण गरिएको थियो । निर्बाचन समितिलाई समेत प्रमाणपत्र बितरण समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्य, उपाध्यक्ष कञ्चन आचार्य र महासचिव शुभनराज आचार्यले गरेका थिए ।
आचार्य बन्धु समाज नेपालले असार १५ दहिी चिउरा कार्यक्रम, भदौ १ गते काठमाडौ जिल्लाम अधिवेशन, भदौ १६ गते बागमती प्रदेश अधिवेशनपछि आज भब्य छोरीबुहारी तिज दर खाने तथा नाचगान कार्यक्रम राखेको भन्दै आगामी कम्तीमा एक बर्ष आचार्य बन्धु समाज नेपालका पदाधिकारी तथा सदस्यहरु सबै शुक्रबार, शनिबार तथा बिदाका दिन ७७ वटै जिल्ला समिति बिस्तार, प्रदेश समिति बिस्तार, आवश्यक परे स्थानीय तह बिस्तार लगायतका अभियानमा ब्यस्त रहन तथा अनय समाजको हीतका कार्यक्रममा लागिपर्ने जानकारी दिए ।
प्रमाणपत्र बितरण कार्यक्रम संचालन बागमती प्रदेश महासचिव लक्ष्मण आचार्यले गरेका थिए ।