पत्रपत्रिका

मूल्य वृद्धि र कालोबजारी मौलायो, बजार अनुगमन सुस्त

३१ भदौ, काठमाडौं । दैनिक उपभोग्य वस्तुको मूल्य दिनानुदिन आकासिँदै जाँदा आमउपभोक्ता अत्याधिक पीडित बनेका छन् । अस्वाभाविक मूल्य वृद्धिका कारण कमजोर आम्दानी भएका सर्वसाधारणलाई बिहानबेलुकीको दुई छाक जोहो गर्न नै कठिन हुन थालेको छ ।

सरकारको नियमन गर्ने निकायले नियमित अनुगन गर्न नसक्दा व्यवसायीले मनपर्दी मूल्यवृद्धि गर्दै आइरहेका हुन् । सरकारी निकायले चाडपर्वमा मात्र बजार अनुगमन गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य आकासिँदै आएको हो । केही निश्चित व्यापरीको कब्जामा बजार भएको हुनाले मूल्य वृद्धि र कालोबजारीको क्रम बढेको र सरकारी निकाय त्यसलाई रोक्न असफल भएको उपभोक्तावादी संघसस्थाले दाबी गरेका छन् ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका सहासचिव विष्णुप्रसाद तिमिल्सिनाले केही समय अघिसम्म २५ किलोको १७ सय प्रतिबोरामा पाइने चामल अहिले २२ सयभन्दा बढी पुगेको छ । यस्तै रहरको दाल प्रतिकिलो १ सय ६० बाट २ सय २० पुगेको छ । मसुरोको दाल प्रतिकिलो १ सय ४० बाट १ सय ७० पुगेको छ भने चिनी ९० रुपियाँबाट १ सय १५ पुगेको छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।