सुबाश लामिछाने मगर/ ४ असोज, उदयपुर । उदयपुर जिल्लाको ताप्ली गाउँपालिका वडा नं ३ निवासी डिकबहादुर मगर ‘दिवाकर’को दुबै मृगौला फेल भएर उपचारत छन् ।
दिवाकर विगत एक महिनादेखि मृगौला फेल भएर काठमाडौँको वीर अस्पतालमा उपचार गर्दै आएका छन् । घरको आर्थिक अवस्था कमजोर भएको कारणले गर्दा मृगौला पीडित दिवाकरले उपचारको लागि सहयोगको अपिल गरेका छन् ।
कौशिला प्रा.वि.का प्रधानाध्यापकसमेत रहेका मृगौला पिडित दिवाकरले उपचारको लागि आफ्नो आर्थिक अवस्थाले नपुगेपछि सहयोगको लागि सबैलाई आग्रह गरेका हुन् ।
लामो समयदेखी अध्यापन गराईरहेका ४७ वर्षिय दिवाकर वीर अस्पतालमा डाईलोसिस गराउँदै आएका छन् ।
सहयोगको लागि डिकबहादुर मगरको नाममा रहेको प्राइम बैंक ताप्ली शाखाको खाता नम्बर ०७७००१३८ ps मा आर्थिक सहयोग गर्न सकिने छ ।
