५ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङ जिल्ला समितिको विशेष भेटघाट तथा छलफल दिक्तेल बजारमा हुने भएको छ।
छलफल असोज ६ गते शनिबार जिल्ला समन्वय समितिको कार्यालय भवनमा हुने जिल्ला संयोजक रबिन्द्र ओझाले जानकारी दिए। उनका अनुसार बिहान ९:३० देखि पार्टीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य गणेश पराजुलीको प्रमुख आथित्यमा कार्यक्रम हुने भएको छ ।
रस्वपा खोटाङको पार्टी कार्यालय गैरा दिक्तेल बजारमा बिधिवत रूपमा स्थापना गरिएको उनले जानकारी दिए । त्यस्तै, बिहान ठिक ९ बजे पार्टीको टिसर्ट बितरण गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रममा रास्वपा उदयपुर जिल्ला संयोजक चित्रकुमार कार्की पनि उपस्थित हुने जनाएको छ ।
मिसन ८४ अभियानसहित रास्वपा पछिल्लो समय देशभर संगठन विस्तारमा जुटेको छ । त्यहि अभियान खोटाङमा पनि चलाउने भएको छ ।





