कर्णाली प्रदेश

एमाले कर्णाली अधिवेशनमा मतदान सुरु

१४ असोज, सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेशको मतदान सुरु भएको छ । प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आइतबार २ बजेदेखि मतदान सुरु भएको छ ।

आइतबार पनि बिहान ८ बजेदेखि मतदान गर्ने भनिए पनि तयारी नपुगेपछि १ बजेलाई सारिएको थियो । १० जिल्लाका लागि १० वटा मतादानस्थल कायम गरेर मतदान सुरु भएको एक नेताले जानकारी दिए ।

अधिवेशनबाट पाँच पदाधिकारीसहित १३० सदस्य चयन हुनेछन् । प्रदेश अध्यक्षका लागि सल्यानका गुलाबजंग शाह, कालीकोटका मीनबहादुर शाही र कालीकोटकै प्रकाश रोकाया चुनावी मैदानमा छन् । सचिवमा धुव्रकुमार शाही र रुद्रबहादुर शाहीको प्रतिस्पर्धा हुनेछ ।