कर्णाली प्रदेश

एमाले कर्णाली प्रदेशको अध्यक्षमा शाहको जित सुनिश्चित

१५ असोज, सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाहको जित सुनिश्चित भएको छ ।

निर्वाचन आयोगका अनुसार ५०० मतको परिणाम आउँदा शाहले ३१० मत, निकटतम प्रतिद्वन्द्वी मीनबहादुर शाहीले १६४ मत र अर्का उम्मेदवार प्रकाश रोकायाले भने ४ मत मात्रै पाएका छन् ।

१०९ मत गन्न बाँकी रहँदै शाहको मतान्तर १६४ भएकाले जित सुनिश्चित भएको हो । त्यस्तै, उपाध्यक्षमा टेकराज पछाईले २८५ मतले पाएका छन् भने लाल बहादुर महताराले १४३ मत ल्याउँदा दानसिंह परिवार ४९ मतमा सीमित भए । सचिवमा ध्रुव बहादुर शाही ३३९ सहित अग्रस्थानमा हुँदा रूद्र बहादुर शाहीले १३३ मत ल्याएका छन् ।

उपसचिवमा रवीन्द्रराज शर्माले २४६ मतले लिड गरिरेहका छन् भने रमेश वहादुर शाही २१९ मतले पछ्याइरहेका छन् । पद्मा खड्का ११९ र मेनका पछाईले ८६ मत ल्याएका छन् ।