स्वास्थ्य

मृगौला पीडित दिवाकरको स्वास्थ्यमा सुधार, Suryakhabar.com को समाचारले पार्यो प्रभाव

सुबाश लामिछाने मगर/१८ असोज, काठमाडौँ । उदयपुरको ताप्ली गाउँपालिका वडा- ३ स्थायी घर भएका मिर्गौला पीडित डिक बहादुर मगर ‘दिवाकर’को स्वास्थ्यमा सुधार आएको छ । दुवै मिर्गौला फेल भएर सहयोगको अपिल गरेका दिवाकरको स्वास्थ्यमा सुधार भएपछि उनी खुसी छन् ।

उनले अनगिन्ती शुभेच्छुकहरूबाट लाखौँ आर्थिक सहयोग पाइरहेका छन् । कौशाली प्राविका प्रधानाध्यापकसमेत रहेका दिवाकरले केही दिन अगाडी मात्र सहयोगका लागि अपिल गरेका थिए । उनले सहयोगी मन भएका दाताहरूबाट आर्थिक सहयोग पाइरहेका छन् । सूर्य खबर डट कम अनलाइन पत्रिकामा सहयोगका लागि अपिल भन्दै समाचार आउन थालेपछि बिरामी डिकबहादुर मगरलाई सहयोग सङ्कलन हुन थालेको अवस्था छ । देश-विदेशबाट आफन्त तथा शुभचिन्तकहरूले रकम सहयोग गरिरहनुभएको डिकबहादुरले जानकारी दिएका छन् । के कति रकम उठ्यो भन्ने कुरा हिसाब गरेर  भने केही दिनमा मिडियामा नै जानकारी दिने परिवारले जनाएको छ । 

सहयोगीदाताबाट अनगिन्ती शुभेच्छा र आर्थिक सहयोगले अहिले दिवाकरको स्वस्थमा धेरै सुधार भएको छ । स्वास्थ्यमा सुधार भएपछि वीर अस्पतालबाट डिस्चार्ज भएर हाल रानीवनस्थित कोठा बाट हप्तामा दुई पटक डाइलसिस गर्दै आएका छन् ।

डाक्टरको सल्लाहअनुसार हाल घाटीबाट डायलिसिस गर्दै आएका उनको आगामी आइतबार पाखुरामा फिस्टुला सार्ने भएका छन् । वीर अस्पतालमा फिस्टुला सार्नका एक वर्षभन्दा बढी कुर्नु पर्ने भएकाले टिचिङ अस्पतालबाट पाखुरामा फिस्टुला राख्ने भएका हुन् ।

जति सक्दो चाँडो मिर्गौला प्रत्यारोपण गर्न डाक्टरले सल्लाह दिएता पनि पारिवारिक सहमति भइसकेको छैन । देश तथा विदेशका विभिन्न ठाउँबाट अनगिन्ती शुभेच्छाका साथ सहयोग आइरहँदा मिर्गौला पीडित दिवाकर भावुक र उत्साहितसमेत भएका छन् ।

“म अस्पतालको बेडमा आफ्नो शरीर समेत उठाउन नसकिरहेको समयमा यति धेरै देश तथा विदेशका विभिन्न भू-भाग तथा माध्यमबाट सहयोग गर्ने दाताहरू मेरा लागि सगरमाथाभन्दा शिखरमा सधैँ रहनुहुनेछ”, दिवाकरले भने, “अहिले म एक्लै उठ्न सक्छु, खाना खान सक्छु, सामान्य हिँड्न पनि सक्छु । तर, विडम्बना प्रत्यारोपण नगरेसम्म आजीवन डायलिसिसका लागि अस्पताल धाउनुपर्ने भयो । जहाँ-जहाँबाट सहयोग मिलेको छ । म यहाँहरूको आशिर्वादलाई सँगालेर राख्नका लागि सबै दाताहरूको नामसहित अन्तिममा धन्यवाद पुस्तिका प्रकाशन गर्नेछु ।”

मृगौला पीडित दिवाकर मगरद्वारा उपचारको लागि सहयोगको अपिल