प्रदेश 1

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिने

२० असोज, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की राजीनामा दिने भएको छन् । विश्वासको मत लिनुअघि बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको एमाले प्रमुख सचेतक रेवतिरमण भण्डारीले जानकारी दिए ।

प्रमुख सचेतक भण्डारीका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बोलाएको प्रदेशसभा बैठक पनि सुरु भएको छ।