२० असोज, काठमाडौं। कोशी प्रदेश सरकार गठनको लागि प्रदेश प्रमुख परशुराम खापुङले ६ दिनको समय दिइएको छ ।
मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएपछि प्रमुख खापुङले नयाँ सरकार गठनको लागि ६ दिनको समय दिइएको हो ।
उनले विधानको धारा १६८ (५) बमोजिम प्रदेशसभाको विश्वासको मत प्राप्त गर्न सक्ने प्र्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गरी सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् ।





