विचार/ब्लग

एमाले फुटाउन सफल बनेका प्रचण्डको आँखा अब काँग्रेसमा

ओम आचार्य / गणतन्त्र स्थापना देखिनै नेपाली राजनीतिमा सर्वाधिक चर्चित र नेतृत्व दायी भुमिकामा सदैव अग्रणी रहेका नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको साख गिरेको छैन ।

प्रचण्डको निजी जिवन र पारिवारिक जीवन अत्यन्तै दुखदायी ,ठुलै क्षती र शोकपुर्ण रह्यो तर पनि यो शोकबाट विचलित हतास र निरास भएनन । उनको कदम सधै पाटी वलियो वनाउने तिर लागे !

प्रचण्डको व्यक्तित्व नाम अनुसारकै प्रचण्ड छ । यसैकारण प्रणड पृथकजन्य व्याक्ती हुन उन्को यही पृथक जन्य प्रभाव कै कारण नेपाली राजनीतिमा सर्वाधिक चर्चित र नेतृत्वदायक भुमिका निर्वाह गर्न सफल रहे !

यो भन्दा पुर्व प्रतिनिधिसभाको निर्वाचनमा एमालेसंग चुनावि गठवन्धन गर्दै पार्टी एकीकरण गर्न सम्म प्रचण्ड भ्याए र सुरु भयो उनको प्रचण्ड पृथक जन्य प्रभाव ! यही प्रभावले नेकपा वा उनी एमालेबाट अलग मात्र भएनन्, एमाले भित्रकै माधव नेपाल समुह समेतलाइ उनको पृथक जन्य व्यक्तित्वले प्रभावित गर्दै एमालेबाट पृथक गराए । प्रचण्ड पृथक जन्य प्रभावका व्याक्ति हुन, उनि जहाँ प्रवेश गर्छन् त्याहाँ विग्रह आउछ । उनकै पार्टी भित्र दश वर्ष शसस्त्र जनयुद्ध गरेका मोहन बैद्य, डा बाबुराम भट्टराई, नेत्र बिक्रम चन्द, रामबहादुर थापाजस्ता सहयात्रीहरु समेत उनको यही पृथकजन्य व्यक्तित्वकै कारण पृथक रहनु पर्यो ।

अहिले नेपाली काँग्रेस लगायत केही पार्टीको गठवन्धनको सरकार छ । अव त्याहाँ पनि उनको पृथकजन्य व्याक्तित्वका कारण कुन पार्टीलाइ पृथक गराउछन्, कुन पार्टीमा विग्रह गराउछन् त्यो निकट भविस्यमा देखिने छ ।

प्रचण्ड पृथकजन्य पुरुष हुन । उनको व्यक्त्तित्व उनको राप ताप यस्तो छ, उनी जो संग निकट रहन्छन् त्याहा पृथकता आउछनै । अव अहिले यस्तो प्रभाव नेपाली काँग्रेसमा देखिने लक्षण आइसकेको छ र यसको सुरुवात कोशी प्रदेसको मुख्यमन्त्रिको दाविबाट देखिन्दै छ । गठवन्धनक दलले निर्णयबाट माओवादीका इन्द्र आंगवोलाई मुख्यमन्त्रिमा सघाउने गठबन्धनको निर्णयसंगै नेपाली काग्रेसका केदार कार्कोको पनि गठवन्धनको निर्णय विपरित विद्रोह गरी मुख्यमन्त्रिमा दाविबाट गरेबाट प्रचण्डकै पृथकजन्य प्रभावकै कारकत्त्वले भुमिका खेलेको दाबी गर्न सकिन्छ ।

उनको यही रणनीति उन्को यही पृथकजन्य व्यक्तित्वले नेपाली राजनीतिमा सर्वाधिक चर्चित र नेतृत्वदायक भुमिकामा क्रियाशिल रहे । एमालेवाट माधव नेपाल समुहलाइ पृथक गराउन सफल रहेका प्रचण्डको आँखा नेपाली काग्रेसमा छ । नेपाली काँग्रेस भित्र एउटा समुहलाइ पृथक गराउन उनको प्रभाव सुरु भैसकेको छ । कोशी प्रदेसबाट नेपाली काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला समुहका भनिएका केदार कार्कीको मुख्यमन्त्रिको दाविबाट नेपाली काँग्रेसबाट पृथक हुने समुह भनेको भोली डा. शेखर कोइराला समुह हुन सक्छन् ।
कोशी प्रदेशले वनाइदिएको यो बाटोबाट अन्य प्रदेसमा पनि पाइला चाल्दै यो सुदुरपस्चिम सम्म पुग्न सक्दैन भन्न सकिदैन ।

नेपाली काँग्रेस भित्र अहिले गठवन्धनबाट सरकारको नेतृत्व गरिरहेका विचारका हिसावले प्रचण्डको प्रखर विरोधी रहेका डा. शेखर कोइरालाले अव नेपाली कांग्रेसको नेतृत्वमा सरकार वन्नु पर्छ भनिरहदा र कोशी प्रदेसमा अहिले मुख्यमन्त्रीको दावी डा. शेखरकै समुहका केदार कार्कीबाट भए गरेको कारणबाट भोली केन्द्रीय सरकारमा पनि त्यो अभ्यास नहुन सक्दैन भन्न सकिन्दैन र यदि त्यस्तो भएमा प्रचण्डको पृथकजन्य प्रभाव कारक रहन्छ ।

तसर्थ प्रचण्ड पृथकजन्य पुरुष हुन् र यिनले पृथकता त गराउछ नै विग्रह त ल्याउछ भन्ने अनुमान प्रचण्डको बिगतलाई हेर्दा पुष्टी हुन्छ ।