३ मंसिर, काठमाडौं । आचार्य बन्धु समाज नेपालले रुकुम जाँजरकोटका भूकम्पपीडितकमा लागि लत्ता कपडा तथा सहयोग संकलन गर्ने निर्णय गरेको छ । समाजले देश नै रोईरहेका बेला समाजले पनि आफ्नो स्थानबाट सकेको सहयोग गर्नुपर्छ भन्ने हेतुले आचार्यहरुबीच संकलन गरी पीडितकोमा पुर्याउन संकलन गर्न लागिएको समाजले बताएको छ ।
समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्य, महासचिव शुभनराज आचार्य, बागमती प्रदेश महासचिव लक्ष्मण आचार्य, समाजका पुर्व केन्द्रीय सदस्य एबम् कौडिन्य महासमाजका बागमति प्रदेश अध्यक्ष प्रा.डा. गोबिन्द आचार्य, आचार्य बन्धु समाज नेपालका केन्द्रीय सदस्यद्वय मनोज आचार्य, एकराज आचार्य, समाजका कानून बिभाग संयोजक मुक्ती आचार्यलगायतको उपस्थिितिमा सम्पन्न बैठकले समाजले लत्ता कपडा, खाद्यान्न तथा पीडितसंगको समन्वयमा पीडितलाई सहयोग गर्ने बताईएको थियो ।
समाजका केन्द्रीय अध्यक्षबाट रुपैयाँ पाँच हजार, केन्द्रीय सदस्य मनोज आचार्यबाट रु एक हजार पाँच समाजको बैठकमा नै संकलन भएको छ । संकलित रुकम पारदर्शी गरिने, कसैले रकम सहयोग गर्न चाहेका समाजको खातामा जम्मा गर्न सकिने, क्युआरमार्फत ठाडै पठाउन सकिने तथा लत्ता कपडा, ज्याकेट, ब्ल्याँकेट, कोट, सर्ट–पाईन्टहरुलाई मध्यबानेश्वरस्थीत समाजको केन्द्रीय कार्यालयमा कार्यालय समयमा उपलब्ध गराउन सकिने समाजले बताएको छ । समाजले तिनै तहको सरकारसँग, सुरक्षा निकाय वा सरोकारवालासंग समन्वय गरेर पीडितमा जानेगरी कानून बमोजीम राहत उपलब्ध गराउने समाजका महासचिव शुभनराज आचार्यले जानकारी दिए । आचार्य बन्धु समाजले सबै गतिबिधिहरु आफ्नो वेवसाईटमा, फेसबुक अकाउण्टमा तत्काल राख्दै आवश्यक पारदर्शीता अबलम्बन गर्ने समाजले बताएको छ । समाजले सकेसम्म रकमसहयोग गर्दा बैंक खातामा रकम जम्मा गरेर भौचर समाजलाई उपलब्ध गराउन अनुरोध गरेको छ । जिन्सी सहयोग गर्दा भने केन्द्रीय कार्यालयमा उपलब्ध गराउन सकिने भनेको छ । कपडा उपलब्ध गराउँदा महिला बालबालीकालाई प्राथमिकतामा राख्नुपर्ने र नयाँ कपडामात्र सहयोग लिने समाजको बताएको छ ।
यसअघि नेपालका लागि चीनका पुर्व राजदुत राजेश्वर आचार्यको अध्यताको समयमा आचार्य बन्धु समाज नेपालले दार्चुला बाढीपीडितका लागि ६५ हजार रुपैयाँ एभिन्युज टेलिभिजनमार्फत रकम सहयोग गरेको थियो । थप जानकारीका लागिः ९८५१०२७२८३, ९८५१०६८०३२, ९८५१०५१७६३ सम्पर्क गर्न समाजले अनुरोधसमेत गरेको छ ।
बैंक विवरणः
खातावालाको नामः आचार्य बन्धु समाज-नेपाल
खाता नम्बरः ०२७०४३२६४४००१३
बैंकः हिमालयन बैंक लिमिटेड, नयाँ बानेश्वर साखा