समाचार

दुर्गा प्रसाईंको सामुहिक शक्ति प्रदर्शनमा प्रहरीले गर्यो लाठी चार्ज

दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा प्रदर्शन भएको छ ।

दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनमा विवादमा रहेका धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका हुन् ।

गेरुवस्त्रमा त्रिसुल र समर्थक सहित गएर रुप लिए संगै सडक अवरुद्द गर्न खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। भिडलाई उग्र बनाएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी जानकारी दिए।

मङ्सिर ७ मा बल्खुमा गरेको शक्ति प्रदर्शनमा प्रसाईंले धार्मिक अतिवादी समूहहरुलाई बोलाएका थिए। सोहि प्रदर्शनमा विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासले पटकपटक धर्मको विषयमा उत्तेजक अभिव्यक्ति पनि दिँदै आएका थिए।

विभिन्न धार्मिक संगठनका व्यक्तिहरु समेतको उपस्थितिमा भएको आन्दोलनमा प्रदर्शनकारीले तोडफोड र ढुंगा समेत हानेका छन् ।

प्रसाईंले मंसिर ७ देखि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको नाममा व्यवस्था विरोधी प्रदर्शन गरिरहेका छन् ।