मनोरञ्जन

दुई कदमको तेस्रो गीत ‘ए मेरा बाबैनी’ सार्वजनिक

काठमाडौँ। मंसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा दुई कदमको तेस्रो गीत सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक सिनेमाको ‘ए मेरा बाबैनी’ बोलको गीतमा अभिनेत्री वर्षा सिवाकोटी र डेव्यु अभिनेता इओन लिम्बुलाई फिचर्ड गरिएको छ ।

वर्षा सिनेमाको यही गीतमा मात्रै देखिने छिन् । लामो समय पश्चात परदेशी २ बाट सफलताको स्वाद चाखेकी अभिनेत्री सिवाकोटी अहिले धेरै निर्माता निर्देशकको नजरमा परेकी छिन् । सिनेमाको सार्वजनिक गीतमा उनको केमेष्ट्री डेव्यु अभिनेता लिम्बुसँग निकै जमेको देख्न सकिन्छ । अभिनेता लिम्बु पनि पहिलो सिनेमा नै वर्षासँग स्क्रिन सेयर गर्न पाउँदा मख्ख छन् ।

सिनेमाको सार्वजनिक गीतमा आशिष अविरलको संगीत तथा स्वर निरुषा भट्टराईको शब्द रचनासँगै स्वर भरेकी छन् । कविराज गहतराजे कोरियोग्राफी रहेको गीतलाई सौरभ लामाले खिचेका हुन् । गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको अभाष हुन्छ ।

उदय सुब्बा निर्देशित सिनेमामा वर्षा र इओनका अलवा सिमोन गिरि सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय रहेको छ ।

अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमामा तारा देवी लिम्बुको लगानी रहेको छ । दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन सिनेमामा रहेको छ । सिनेमालाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।