अन्तर्राष्ट्रिय

रुसले इरानलाई सैन्य विमान दिने

काठमाडौँ । इरानका उपप्रधानमन्त्री मेहदी फराहीले रुसले इरानलाई सैन्य विमान पठाउने प्रक्रिया अन्तिम तयारीमा पुगेको बताएका छन् ।अर्धसरकारी तस्निम समाचार एजेन्सीसँगको कुराकानीमा उहाँले मुलुकको सशस्त्र बलहरूलाई रुसी सुखोई एसयु–३५ लडाकू जेट, मिल एमआई–२८ लडाकू हेलिकप्टर र याक–१३० जेट प्रशिक्षकहरूको आगामी आपूर्तिको पुष्टि गरे । “विमानहरू मुलुकमा आउने निश्चित भएको छ र तिनलाई प्राप्त गर्ने प्रक्रिया भइरहेको छ”, उनले भने ।

इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका सदस्य सहरयार हैदरीले इरानले चाँडै नै धेरै एसयु–३५ लडाकू विमान प्राप्त गर्ने गत जनवरीमा बताएका थिए ।