आर्थिक

सुनको मूल्य स्थिर, आज कतिमा हूँदैछ कारोबार ?

काठमाडौँ। आज सुनको मूल्य स्थिर रहेको छ। लगातार तीन दिन नयाँ रेकर्ड राखेको सुनको मूल्यले आज स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।महासंघका अनुसार बिहीबार (आज) छापावाल सुन प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १५ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।