आर्थिक

सुनको मूल्य तीन सय रुपैयाँले घट्यो


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । बिहिबार स्थिर रहेको सुनको मूल्य आज शुक्रंबार भने तीन सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँ रहेको छ । बिहिबार भने सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।


त्यस्तै, चाँदीको मूल्य भने आज वृद्धी भएको छ । महासंघका अनुसार बिहिबार चाँदीको मूल्य प्रतितोला एक हजार ५२० रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला एक हजार ५४० रुपैयाँ पुगेको छ ।