महिलाको लागि महिनावारी भएको समय एकदम पीडादायी को समय हो। केहि महिला बाहेक धेरै जसो महिलामा पेट दुख्ने हुन्छ। महिलाको शरीरमा हुने हर्मोनल समस्याको कारणले गर्दा महिलाहरुले महिनावारीको समयमा खानेपानमा धेरै ध्यान दिनु पर्ने हुन्छ। महिनावारी हुदाँको समय महिलाहरुले पांच कुरामा ध्यान दिनु पर्ने हुन्छ।
१ यौन सम्बन्ध
महिनावारिको समयमा यौन सम्पर्क राख्नु खतरा हुन्छ। महिनावारी हुदाँ पिडा हुने भएकोले यौन सम्पर्क राख्दा निकै कष्ट हुन्छ र साइड इफेक्ट पनि हुन्छ। महिनावारीको समयमा यौन सम्पर्क राख्दा बच्चा बस्दैन भन्ने सोच गलत हो। त्यस समयमा बच्चा बस्ने सम्भावना एकदमै धेरै हुन्छ। संक्रमण बाट बच्न को लागि पनि महिनावारीको समयमा यौन सम्पर्क बाट टाढा नै रहनु ठिक हुन्छ।
२ कसिलो कपडा
महिनावारी भएको समयमा कसिलो कपडा लगाउनु हुदैन। सुतीको कपडाले आरामदायी दिने भएकोले यो बेलामा सकेसम्म नरम हलुका र सफा कपडा प्रयोग गर्नु पर्छ।
३ प्याड प्रयोगमा लापरवाही
प्याड प्रयोग गर्दा तीन घण्टाको फरकमा प्रयोग गर्नु पर्दछ। कपडा पर्योग गर्दा पनि ३-४ घन्टाको फरकमा फेरिरहनु पर्दछ, यसले गर्दा संक्रमण बाट बच्न सकिन्छ।
४ कडा परिश्रम
महिनावारी भएको समयमा शरीरलाइ हानि पुग्ने गरि काम गर्न हुदैन। महिनावारीको समयमा पेट दुख्ने, पिठ्यूँ बाउँडिने दुख्छ।
५ भोकको वेवास्ता
महिनावारी भएको समयमा शरीर कमजोर हुन्छ। यो समयमा धेरै मात्रामा पौष्टिक तत्व भएको खानेकुरा खानु पर्छ।