काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेकामध्ये ९ जनालाई छाड्ने आदेश भएकाहरु आइतबार छुट्ने भएका छन्। उच्च अदालतका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार, उच्च अदालतले जिल्ला अदालतको आदेश बदर गरेकाले त्यहाँसम्म पत्र पुग्नुपर्ने बताएका छन्। ।‘उच्चबाट जिल्लामा पत्र पुगेपछि मात्र आदेश कार्यान्वयनमा जान्छ, शनिबार विदा हुने भएकोले आइतबार मात्र छुट्ने भट्टराईले बताएका छन् ।अदालतले सन्दीप रायमाझीलाई ३० लाख, टेकनाथ रिजाल, रामशरण केसी र हरिभक्त महर्जनलाई १५ लाख र नरेन्द्र केसी र शमशेर मियाँलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
टंककुमार गुरुङ, केशव तुलाधर, आशिष बुढाथोकी र लक्ष्मी महर्जनलाई भने साधारण तारेखमा छाड्न अदालतको आदेश छअदालतले टोपबहादुर रायमाझीसहित ९ जनालाई थुनामै राख्ने आदेश सदर गरेको छ भने बालकृष्ण खाँणको हकमा न्यायाधीशको राय बाझिएको छ ।





