समाचार

१४ किलो सुन तस्करी प्रकरण: थप एकजना पक्राउ

करीब १४ किलो सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सरसफाइ सुपरभाइजर पक्राउ परेका छन् । सुन तस्करी प्रकरण घटनाबारे छानबिन गर्न गठित समितिले विमानस्थलमा कार्यरत सरसफाइ सुपरभाइजरलाई पक्राउ गरेको हो ।

एकजनालाई नियन्त्रणमा लिएर छानबिन भईरहेको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए । उनले भने– ‘छानबिन पुरा गरेर यथार्थ बाहिर ल्याउँछौँ ।’

मङ्सिर २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन एरियाबाट विमानस्थल भन्सार कार्यालयको टोलीले १४ किलो सुन बरामद गरेको थियो । गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेले दुबईबाट सो सुन ल्याएका हुन् । घले त्यतिबेला नै पक्राउ परेका थिए ।

चन्द्रले दुबईबाट सुन ल्याउँदा एक पटकमा ६० हजार पाउने गरेको अनुसन्धान अधिकृतहरूलाई जिकिर गरेका छन् ।