समाचार

कौण्डिन्य महासमाजको केन्द्रीय अधिवेशन प्रजातन्त्र दिवशका दिन फागुन ७ गते काठमाडौंमा गर्ने निर्णय

३० मङ्सिर, काठमाडौं । कौण्डिन्य महासमाजको केन्द्रीय अधिवेशन फागुन ७ गते सम्पन्न हुने भएको छ ।
आज बसेको महासमाजको केन्द्रीय समिति बैठकले महासमाजको अधिवेशन प्रजातन्त्र दिवशका दिन फागुन ७ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
महासमाजले स्थान र समय भने तयभएपछि सार्बजनिक गर्ने पनि निर्णय गरेको केन्द्रीय अध्यक्ष अर्जुन प्रसाद बञ्जाराले बताए ।
समाजले केन्द्रीय अधिवेशन गर्नु पूर्व नै लुम्बिनी, गण्डकी, कर्णाली र मधेश प्रदेशमा पनि कौण्डिन्य महासमाज गठन गर्ने लक्ष राखेको महासचिव बिष्णु बाष्कोटाले जानकारी दिए ।
महासमाजले कोशी, बाग्मती र सुदुरपश्चिम प्रदेश समिति भने यसअघि नै गठन गरिसकेको तथा महासमाज गठन हुँदा आचार्य, न्यौपाने, पराजुली, प्याकुरेल, बन्जारा, साप्कोटा, बाँस्कोटा, लकाई खड्का, गैह्रे, सत्याल, पाठक गरी कौडिन्य गोत्रका ११ थर समेटिएको र अन्य त्रिताल, पनेरुलगायतका अन्य थरहरुलाई पनि महासमाजमा जोडिन आग्रह गरिएको उपाध्यक्ष एबम् प्रवक्ता बाबुराम आचार्यले बताए ।
कौण्डिन्य गोत्रमा ४० भन्दा बढी थर भएको महासमाजले दाबी गरेको छ ।