शिक्षा

डाक्टर गोविन्द केसीले अनसन तोडे

कैलाली पुस २- धनगढीमा अनसन बसेका डाक्टर गोविन्द केसीले आज सोमबार अनसन तोडेका छन् । विगतमा आफुसँग भएका सहमति सरकारले कार्यान्वयन नगरेको भन्दै केसीले मंसिर २९ गतेदेखि तीनदिने अनशन सुरु गरेका थिए । अनशन बस्न काठमाण्डौँबाट कैलानलीको गेटामा गएका थिए । तर प्रस्तावित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्षरत स्थानीयले गेटामा प्रतिष्ठानको विषय नराख्न दबाब दिएपछि उनी धनगढीस्थित कृष्णमन्दिरको धर्मशालामा अनशन बसेका थिए ।

कैलालीको धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा बसेका डाक्टर केसीले धनगढी उपमहानगरपालिका–७ की रेनुका चौधरी र वडानम्बर १ की अञ्जली नेपालीको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।

अनशन तोडेपछी केसीले पत्रकार सम्मेलन गर्दौ सुदूरपश्चिममा ३०० शय्याको अस्पताल र मेडिकल कलेज उपयुक्त हुने बताए । विशेषज्ञ सेवासहितको ३०० शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने भनी सरकारले आफूसँग १६ महिनाअघि सहमति गरेको तर अझै रोकेर राखेको केसीले बताए । मेडिकल शिक्षाका विषयमा राजनीतिक दलका नेता र स्थानीय कार्यकर्ता विज्ञ हुन नसक्ने केसीले बताए ।