समाज

मोटरसाईकल दुर्घटना बाट एक जनाको मृत्य

कैलाली ३ पुस- मोटरसाईकल दुर्घटना बाट कैलालीमा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको कैलारी गाउँपालिका–७ बर्का बसन्ता स्थित हुलाकी सडक खण्डमा बा ८१ प ४२९८ नम्बरको मोटरसाईकल र से ५ प ४७७४ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा सोमवार साँझ दुर्घटना भएको हो ।

बा ८१ प ४२९८ नम्बरको मोटरसाईकल चालकको कैलारी गाउँपालिका वडा नम्बर–५ का २८ वर्षीय शिशिर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाईते भएका शिशिरको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।