समाचार

कौण्डिन्य महासमाजको गण्डकी, लुम्बिनी र कर्णाली अधिवेशन पौस ७, ८ र ९, पोखरा, दागं र सुर्खेतमा हुने निर्णय

४ पौस, काठमाडौं । कौण्डिन्य गोत्रीय महासमाजको गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशको अधिवेशन पौस ७ गते पोखरामा, ८ गते दागंमा र ९ गते सुर्खेतमा सम्पन्न हुनेभएके छ ।
केन्द्रीय अध्यक्ष अर्जुन प्रसाद बन्जाराको प्रमुख आतिथ्यमा सम्पन्न हुने भएको ऊक्त कार्यक्रममा उपाध्यक्ष बाबुराम आचार्य, महासचिव बिष्णु प्रसाद बास्कोटा, कोषाध्यक्ष नारायण प्रसाद न्यौपानेगायतको बिशिष्ट आतिथ्यता हुने महासंघले जनाएको छ ।
पोखराको कार्यक्रम बिहान ८ बजे हुने बताईएको छ भने दागंको घोराहीमा सम्पन्न हुने कार्यक्रम पनि ८ गते ८.३० गते हुने बताईएको छ भने कर्णाली प्रदेश सुर्खेतको कार्यक्रम पनि ९ गते बिहान ८.३० बजे नै हुने महासमाजले जानकारी दिएको छ ।
महासमाजले गण्डकी, लुम्बिनी र कर्णलीको लागि संयोजकहरु तोको छ । गण्डकीमा अर्जुन बन्जारा(९८५८०२१८००), लुम्बिनीमा माधव प्रसाद न्यौपाने (९८५७८३०१३२) तथा कर्णलीमा माधव आचार्य (९८५८०५१४८०)लाई तोकेको छ ।
प्रदेशले आचार्य, न्यौपाने, पराजुली, साप्कोटा, बाँस्कोटा, लकाई खड्का, गैहे्र, त्रिताल, पनेरु, सत्याललगायत सकेसम्म सबै कौण्डिन्य गोेत्रीय आचार्यहरुलाई जोडेर महासमाजको अधिवेशन गरी समितिलाई पूर्णता दिन निर्देशन दिएको उपाध्यक्ष एबम् प्रवक्ता बाबुराम आचार्यले जानकारी दिए ।