मनोरञ्जन

म र मेरो अतित !

हेमन्त जोशी “यायावर“
आजकल आफैंसँग डर लाग्न थालेको छ मलाई,

किनकि

मैले बर्षौ हिँडेको गोरेटो ले बिर्सेको छ !
त्यहि गोरेटो जुन गोरेटोका प्रत्यक ढुंगाले मेरा पैतालाका रगतको आहाल खेलेका थिए !

मलाइ त्यहि खोला नजिकै को खेत ले चिन्न छोडेको छ,
जुन खेतमा मेरा हत्केलाले नयाँ स्वरुप पाएका थिए र पैतालाले केहि गुमाएका थिए !

      मलाइ तिनै बालसखा हरुले बिर्सिसकेका छन्,जो सँग मेरा स्वप्निल स्मृति गाँसिएका र बाँधिएका थिए!
                         हो,
      मलाइ त्यहि स्कुल ले चिन्न छाडिसकेको छ, जुन स्कुल मा १०औ  शिशिर किताबको काख च्यापेर जाडो कटाएको थिए !

त्यसैले त आजकल मलाइ आफैदेखि डर लाग्न थालेको छ कि यसरिनै एकदिन म आफुले आफुलाई त बिर्सिने छैन ?