समाचार

राष्ट्रिय सभामा एमालेलाई सिट दिन नेता नेपालको असहमति

१९ पुस, काठमाडौँ । बालुवाटारमा बिहीबार बिहान बसेको सत्ता गठबन्धनका दलहरूको बैठक निष्कर्ष विहीन भएको छ ।

राष्ट्रिय सभामा नेकपा एमालेसँग सिट बाँडफाँट गर्ने विषयमा सहमति नजुट्दा दलहरूले आन्तरिक रूपमा छलफल गर्ने र बिहीबार साँझ पुनः गठबन्धन बैठक बस्ने समझदारी बनेको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार एमालेलाई पनि सिट बाँडफाँट गर्ने कुरा सैद्धान्तिक र रणनीतिक रुपमा गलत भन्दै माधव नेपाल प्रस्तुत भएपछि बैठक स्थगित भएको हो ।

माघ ११ गते हुने राष्ट्रिय सभा चुनावमा यही पुस २३ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ ।