समाचार

कांग्रेसको कार्य सम्पादन समितिको बैठक बस्दै

२१ पुस, काठमाडौं । नेपाली कांग्रेसले आज कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने लागेकाे हो ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेका अनुसार बैठक आज दिउँसाे १ बजे पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बस्न लागेकाे हो । राष्ट्रिय सभा सदस्यको निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो पौडेलले जानकारी दिए ।

आगामी ११ माघमा राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिए पनि सत्ता गठबन्धनमा अझै सहमति जुट्न सकेकाे छैन।

एमालेले भने चुनाव हुन लागेका सबै १९ सिटमै उम्मेदवार दिने तयारी गरिसकेको छ ।