२२ पुस, डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रलाई विश्वसामु चिनाउन खेल र खेलाडीको विशेष भूमिका हुने बताएका छन । डोटीको शिखर नगरपालिकाको पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज उद्घाटन गर्दै उनले बाह्य जगत्मा राष्ट्रको पहिचान कायम गर्न खेल क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए ।
प्रदेश सरकारले खेलजगत्को विकासका लागि विभिन्न कार्यक्रमअगाडि बढाएको उनले बताए । “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सुदूरपश्चिमकै नाम राखेर खेल प्रदर्शन गरेका खेलाडीलाई हामीले एक देखि ६ लाखसम्म पुरस्कार दिएका छौँ,” उनले भने, “यो जिल्ला र नगरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी तयार हुन् भन्ने मेरो शुभकामना छ ।” साथै उहाँले प्रदेशको खेल क्षेत्रको विकासका निम्ति प्रदेश सरकारसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।