२२ पुस, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेसले निर्वाचनका लागि संस्थापन पक्षका ७ र संस्थापन इतर पक्षका ३ गरी जम्मा १० उम्मेदवार टुंगो लगाएको हो ।
कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक र सोमबार बिहानपखमात्र बसेको संसदीय बोर्डको बैठकले उम्मेदवार छनोट गरेको हो । कोशीमा पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलाले टिकट पाएका छन् ।
मधेशमा आनन्द प्रसाद ढुंगानाले टिकट पाएका छन् । यस्तै गरी वाग्मतीमा विष्णु देवी पुडासैनी र जितजंग बस्नेतले टिकट पाएका छन् । गण्डकीमा किरण बाबु श्रेष्ठ र पदम बहादुर परियारले टिकट पाएका छन् ।
लुम्बिनीमा विष्णु देवी सापकोटाले टिकट पाएकी छन् ।कर्णालीमा प्रदेश महामन्त्री कृष्ण रोकायाले टिकट पाएका छन् भने सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहराले टिकट पाएका छन् ।





