समाचार

नेपाल विज्ञापन संघको ११औं केन्द्रीय कार्य समिति निर्वाचित

२३ पुस, काठमाडौँ । नेपाल विज्ञापन संघको २४औ वार्षिक साधारण सभाले संघको ११औं केन्द्रीय कार्य समिति निर्वाचित गरेको छ । अध्यक्षमा सुदिप थापा निर्विरोध निर्वाचित भएका छन् । संघको नवनिर्वाचित अध्यक्ष श्री सुदिप थापाको नेतृत्वमा १४ सदस्यिय कार्यसमिती निर्वाचित भएको हो ।

प्रथम उपाध्यक्षमा उजय शाक्य र द्धितिय उपाध्यक्षमा पकज लाल प्रधान निर्विरोध निर्वाचित भएका छन् । यसै गरी कोषाध्यक्ष साजन श्रेष्ठ निर्वाचित भएका छन् ।

पदाधिकारीहरुमा कोषाध्यक्ष बाहेक अन्य पदाधिकारीहरु निर्विरोध निर्वाचित र सदस्य सात जना निर्वाचत भएका छन् । सचिव सन्तोष खड्का निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यहरुमा अरुणकाजी स्थापित, रोशन रेग्मि, आरसि सन्तोष सिलवाल गिरी, दिपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनिस अधिकारी, र प्रभात रिमाल निर्वाचित भएका छन् ।

संघका पदाधिकारी तथा सदस्यहरुले आजै सपथ लिएका छन । संघको निर्वाचनबाट सवै विज्ञापन क्षेत्रको प्रतिनिधित्व रहेको छ र सबै क्षेत्र समेटिएको यो कार्यसमिती तिन वर्षको लागि निर्वाचित भएको छ ।