मनोरञ्जन

आफन्तले देखाएको छेपारे भेष !

– चित्र शाहु (कर्लाैटे)कविता

आमा मैले कर्तव्य बिर्सिएको देख्यौ र ?
तिमीले उचालेको घरको भारीले
वर्षौं सम्म नफेरेको त्यो चोली अनी सारीले !

मलाई मेरो औकात अनी हैसियत ले नै,
अझै बल्झाई रहन्छ !

म गाउँबाट सहर पस्दै गर्दा,

त्यो सारीको तुनामा लुकाउदै दिएको
पैसा मैले बिर्सिएको देख्यौ र ?

झरी पर्दा चुहिने त्यो पुरानो घरको छानो
अनी छानो माथि उम्रिएको झारी !

तिमी छानो टाल्न जाँदा म चिच्याउँदै
तिमीलाई खोजेको बिर्सिएको देख्यौ र ?

आमा तिम्रो छोरो जिम्मेवारी
देखि आत्तिएको देख्यौ र ?
सहरको त्यो रमझमले तिम्रो
छोरो मात्तिएको देख्यौ र ?

हरेक पाईला पाईलामा
लागेको ठेस अनि,
जरूरत पर्दा आफन्तले
देखाएको त्यो छेपारे भेष ।
म कसरी भुल्ल सक्छु र ?

ऋणको भारी, अनि साहुले
लगाएको खरो वचन
मेरो मुख मा हेर्दै तिम्रा,
आँशुले भरिएका गह
म कसरी भुल्ल सक्छु र ?

आमा एक दिन पक्कै पनी खुसि आउने छ
बर्साै सम्म हजुरको ओठमा हराएका हाँसो,
एक दिन गिडगीडाहड हुने छ !

अवस्य फेर्नु छ आमा एक दिन
त्यो बुबाको पुरानो कोट अनी,
हजुरको फाट्नै लागेको चोली !!!