देश

नुवाकोटमा एकीकरण टर्च र्याली

२४ पुस, नुवाकोट । नेपाल एकीकरणका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै गोरखाबाट सुरु भएको नेपाली सेनाको ‘एकीकरण टर्च र्याली’ नुवाकोटको चतुरालेमा पुगेको छ ।

सोमबार नुवाकोट आइपुगेको र्याली यहाँबाट आज काठमाडौँतर्फ प्रस्थानको क्रममा आज ककनी गाँउपालिका–७ चतुरालेमा पुगेको हो । ‘एकीकरण पदमार्ग–पदयात्रा’ दीप ज्योतिसहित संलग्न ¥यालीलाई आज नुवाकोट दरबार क्षेत्र परिसरमा आयोजित विशेष समारोहमा विदुर नगरपालिकाको प्रमुख राजन श्रेष्ठ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्वागत बिदाइ गर्नुभयो । नुवाकोट दरबारबाट काठमाडौँका लागि प्रस्थान गरेको र्याली मङ्गलबार ककनीमा बाँस बस्ने र पुस २६ गते काठमाडौँ प्रवेश गर्ने जबरजङ्ग गण देवीघाटका सेनानी काजीमान श्रेष्ठले जानकारी दिए ।

उनको अनुसार ‘गोरखा–काठमाडौँ’ एकीकरण टर्च ¥यालीले सबैभन्दा लामो दुरीको यात्रा नुवाकोटको भूमि पूरा गर्न तीन दिन लाग्नेछ । “विशाल नेपाल एकीकरणको समयमा प्रयोग गरिएको पदमार्गको संरक्षण, पर्यटन प्रवर्द्धन तथा पुर्खाले पु¥याएको योगदानको सम्मान युवा पिँढीलाई राष्ट्रभाव उत्पन्न गराउन ¥यालीलाई महत्वका रुपमा लिइएको छ”, सेनानी श्रेष्ठले भने, “एकीकरण पदमार्गमा पर्ने कोट, पाटीपौवा, गढी, सैनिकले तालिम गरेका मैदान, ऐतिहासिक धार्मिक तथा पुरातात्विक संरचनाको संरक्षणमा सहयोग पुग्नेछ ।”

पृथ्वीनारायण शाहले पु¥याएको योगदानको महत्व पछिल्ला वर्षमा कमजोर बनाइएको समयमा नेपाली सेनाको नेतृत्वमा सञ्चालन गरिएको ‘एकीकरण टर्च’ ¥यालीलाई अर्थपूर्ण रुपमा हेरिएको विदुर नगरपालिकाका प्रमुख श्रेष्ठले बताए ।

गोर्खाली फौजले विसं १८०१ असोज १५ मा नुवाकोटमाथि जीत हासिल गरी उपत्यका प्रवेश गर्दै नेपाल एकीकरणमा पाएको थप सफलताले विशाल नेपाललाई एउटै मालामा गाँस्न सफल भएको सन्देशलाई ‘एकीकरण टर्च’ ¥यालीमार्फत सकारात्मक सन्देश प्रवाह भएको उनको भनाइ छ ।

गोरखाबाट धादिङ–नुवाकोट हुँदै काठमाडौँसम्मको पदमार्ग ‘रुमाले’ २६ कोष पर्दछ । ¥यालीले यस पदमार्गमा पर्ने कोट तथा गण र किल्लाहरु सम्वर्द्धन, संरक्षण तथा प्रबद्र्धन गर्ने लक्ष्य राखिएको छ ।

यही पुस २१ गते गोरखाबाट सुरु भएको र्याली सोमबार नुवाकोट आइपुगेको हो । यही पुस २६ गते काठमाडौ प्रवेश गर्ने लक्ष्य बनाएर दीप ज्योतिसहितको ¥याली अघि बढेको छ ।

र्यालीमा सहभागी सैनिक पृथ्वीनारायण शाहको समयमा उहाँको फौजले नै प्रयोग गरेको जस्तै पोशाक र हातहतियारमा सजिएका छन् । ‘एकीकरण टर्च’ मा पृथ्वीनारायण शाहले नै स्थापना गरेको नेपाली सेनाका प्रथम पाँच कम्पनीहरु श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुजका झण्डा साथमा नेपालको राष्ट्रिय झण्डा र दीपज्योति र कलशसहित यात्रारत छन् ।

नुवाकोटबाट काठमाडौँतर्फ जान लागेको टोलीलाई पुस २६ गते जबरजङ्ग गण नुवाकोटले काठमाडाँैस्थित कालीध्वज गणलाई ‘एकीकरण टर्च’ हस्तान्तरण गर्ने छ ।