समाचार

रामबहादुर बम्जन बसेको घरबाट ३ करोड बरामद

२५ पुस, काठमाडौं । ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको घरबाट प्रहरीले ठुलो परिमाणमा नगद बरामद गरेको छ।

हात्तीगौंडा स्थित घरबाट ३ करोड भन्दा बढी नगद बरामद गरिएको केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यले बताइन्।

बरामद नगद ५ सय र १ हजार दरका छन्। सिआइबीले करिब ३ सय डलर विदेशी रुपैयाँ पनि बरामद गरेको छ। बरामद विदेशी रुपैयाँ चिन र इन्डोनेसिया लगायत मुलुकका छन्।