मनोरञ्जन

बिदाईका हात हल्लाउँदा !

-देव राज भण्डारी
तिम्रो तस्बिर यो दिलमा सजाएर गयौं
हरेक पलमा मुस्कान छर्दै रमाएर गयौ !

अटुट बनोस् मित्रताको बन्धन हाम्रो सधै भरी
एउटै रगत दुई मुटुमा बगाएर गयौं !

सधै भरी ताजा बनुन् तिम्रा हाम्रा पलहरु
हेर्दा हेर्दै क्षितिज पारी हराएर गयौं !

सधै भरी फुलिरहुन् सम्झनाका फुलहरु
यहीँ मुटुमा दनदनी आगो जलाएर गयौं !

निर्मोही ले हेरेरै जोडि जल्ने बनाउनु छ
जिन्दगीमा कहिलै नबिर्सिने याद दिलाएर गयौं !

अचानक तिम्ले आज बिदाईका हात हल्लाउँदा
आँशु बनी यि आँखामा रसाएर गयौं !

सोच्नेछ यो समाजले पनि एक दिन हाम्रो बारेमा
हेर्दा हेर्दै एका एक विलुप्तै हराएर गयौं !