समाचार

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा ढकाल दम्पतीको मृत्यु

२६ पुस,कैलाली ।  कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा अछामको पञ्चदेवल विनायक नगरपालिका – १ कुइकाका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसरा ढकालको मृत्यु भएको छ। बुधवार साँझ कैलालीको मोहन्याल गाउँपालिका – ७ मा पर्ने कुइने चिसापानी सडक खण्डको पितमारीमा दुर्घटना मोटरसाइकल दुर्घटना हुँदा ढकाल दम्पतीको मृत्यु भएको हो।

ढकाल दम्पती सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल सडकबाट दुई सय मिटर तल कर्णाली नदीमा खसेको थियो। उनीहरू अछामबाट बर्दियाको भुरीगाउँतर्फ गइरहेका थिए।

बुधवार साँझ करिब सात बजेतिर नदीमा खसेका दुवै जनालाई मोटर बोट र र्याफ्टिङको सहायताले उद्धार गरिएको थियो।