मनोरञ्जन

तिमी आएपछि….!

-तिर्थ राज जोशी गजल

खुसी मा झन खुसी थपिने छन् तिमी आएपछि
आन्नद हुनेछ यो तड्पिने मन तिमी आएपछि

हिड्नेछौं पक्कै त्यो यात्रा जिवन भरको हामी !
सँगै उकाली ओराली झन तिमी आएपछि !

सोझो अनि लठेब्रो भएछ भन्छन देख्नेले आजभोली !
पक्कै जाँगरिलो हुनेछ यो तन र मन तिमी आएपछी !

तिमै याद र पर्खाइहरुमा यि दिन बित्दैं छन् !
बल्ल दुई मुटु एक धड्कन हुने छन् तिमी आएपछि !

अब त एक्ला एक्लै बस्न यो मनले नै मानदैन् !
वेग्लै संसार बनाउनु छ हाम्रो तिमी आएपछि !

सुखदुःखमा सँगै हाँसीहाँसी रमाउने छौ !
छिट्टै सजाउनु छ हाम्रो जिवन तिमी आएपछि !