अन्तर्राष्ट्रिय

रुसमा युक्रेनी आक्रमणमा २५ जनको को मृत्यु

पूर्वी युक्रेनमा रुसले कब्जा गरेको सहर डोनेट्स्कको एउटा बजारमा भएको आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु र २० जना घाइते भएको रुसी–नियन्त्रित क्षेत्रका प्रमुखले आइतबार बताएका छन् ।

मस्कोमा स्थापित डोनेट्स्क क्षेत्रका नेता डेनिस पुसिलिनले टेलिग्राममा भने, “अहिलेसम्म २५ को मृत्यु भएको पुष्टि भएको छ । कम्तीमा २० जना घाइते भएका छन् ।” यो मृत्य हालैका महिनाहरूमा डोनेट्स्कमा रिपोर्ट गरिएको सबैभन्दा घातक घटनामध्येको एक हो ।

“एउटा बजारमा भएको भयानक बम विस्फोटमा १३ जना मारिएका छन”, पुलिसिनले यसअघि भनका थिए, “सबैभन्दा बढी भिड भएको बेला आइतबार बजारमा आक्रमण गरियो ।” उनले मृतक र घाइतेहरूका बारेमा विवरण आउन बाँकी रहेको बताए । डोनेट्स्कका मेयर एलेक्सी कुलेमजिनले सहरको उत्तरपूर्वमा गोलाबारी भएको सूचना दिएका थिए ।

मस्कोले क्षेत्रमाथि पूर्ण नियन्त्रण नगरेको भए पनि सन् २०२२ मा युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रमाथि कब्जा गरेको दावी गरेको छ । सन् २०१४ मा डोनेट्स्कलाई आशिंकरूपमा रुसी सेना वा उसका प्रतिनिधिहरूले नियन्त्रण गरेका छन् ।

यो सहर फ्रन्टलाइनबाट करिब २० किलोमिटर टाढा छ र युक्रेनी सेनाले नियमितरूमा बमबारी गरिरहेको छ । जनवरी १ को रातमा डोनेट्स्कमा भएको आक्रमणमा चार जनाको मृत्य र पत्रकारसहित १३ जना घाइते भएको रुसी–नियन्त्रित अधिकारीहरूले बताएका छन् ।

एक सातापछि मस्कोमा अर्थोडक्स क्रिसमस बनाउनुभन्दा एक दिनअघि युक्रेनी गोलाबारीमा डोनेट्स्कमा दुई जनाको मृत्यु भएको रुसी व्यावसायिक अधिकारीहरूले बताएका छन् । करिब दुई वर्षपछि युद्ध चर्किंदै जाँदा दुवै पक्षले हालका साताहरूमा आक्रमणलाई बढाएका छन् ।