आर्थिक

भायानेटले सार्बजनिक गर्याे पहिलो प्रकारको बाइ वान गिफ्ट वान फ्री योजना

९ माघ, काठमाडौं । भायानेट कम्युनिकेसन लिमिटेड– नेपालमा फाइबर इन्टरनेट, आइपिटिभी र एक्जिएस फाइबर टेक्नोलोजीको अग्रणी संस्था– ले नयाँ जडान र नवीकरण गर्ने ग्राहकहरूका लागि यस प्रकारको पहिलो “बाइ वान गिफ्ट वान फ्री (एक किन्दा एक उपहार) इन्टरनेट योजना सार्बजनिक गरेको छ ।

यस अफरमा भायानेटको इन्टरनेट नवीकरण वा नयाँ जडान गर्ने ग्राहकले आफ्ना प्रियजनलाई १ सय २५ एमबीपीएस ३ महिनाको प्याकेज सित्तैमा उपहार दिन सक्नेछन् र बदलामा आफ्नो लागि थप १ महिनाको इन्टरनेट निःशुल्क प्राप्त गर्न सक्नेछन्।
यो योजनामा योग्य हुनको लागि भायानेट ग्राहकले ३, ६ वा १२ महिनाको सदस्यता अवधिको साथ १ सय २५ एमबीपीएस वा सो भन्दा माथिका उच्च गतिको इन्टरनेट प्याकेज नवीकरण वा जडान गर्नुपर्ने हुन्छ ।

एक पटक योग्य भएपछि, ग्राहकले एसएमएस मार्फत उपहार भौचर कोड प्राप्त गर्नुहुनेछ जुन उनीहरुले आफ्नो प्रियजनलाई प्रदान गर्न सक्नुहुनेछ । गिफ्ट भाउचर प्राप्त गर्ने व्यक्तिले भायानेटलाई सम्पर्क गरी १ सय २५ एमबीपीएस ३ महिनाको रु २७००+ भ्याट बाराबरको इन्टरनेट प्याकेज उपहार दाबी गर्न सक्छन् ।

उपहार भाउचर नयाँ जडानको लागि मात्र उपलब्ध छ र यसमा जडान शुल्क भने लागू हुनेछ। उपहार भौचर दाबी गरिसकेपछि, आफ्नो प्रियजनलाई उपहार भाउचर दिने मूल ग्राहकले नयाँ ग्राहकलाई भायानेट जडान गर्न सहयोग गरे बापत १ महिनाको इन्टरनेट निःशुल्क पाउनेछन् ।

यो अफरलाई थप आकर्षक बनाउन भायानेटले १ सय २५ एमबीपीएस ३ महिनाको प्याकेजमा नयाँ आकर्षक छुट सहितको मूल्य सार्वजनिक गरेको छ । जसको मुल्य मात्र२७ सय + भ्याट पर्नेछ ।

“हामी हाम्रा ग्राहकहरूका लागि यो आकर्षक योजना ल्याउन पाउँदा खुसी र्छाै । हामी विश्वास गर्छौं कि कनेक्टिभिटीको उपहार, विशेष गरी आजको द्रुत रूपमा डिजिटलाइजिङ संसारमा अर्थपूर्ण मात्र होइन मूल्यवान पनि छ । हाम्रो संस्थाको ग्राहक वृद्धि गराउनमा स्वम ग्राहकहरू सबैभन्दा ठूलो शक्ती र ग्राहक रेफरल मुख्य स्रोत रहँदै आएको छ । हाम्रा सेवाहरू रेफर गर्ने ग्राहकहरूको उच्च संख्या हुनु ग्राहकको सेवा प्रती हाम्रो निरन्तर प्रतिबद्धताको प्रमाण हो । हाम्रा सेवाहरूलाई अझ धेरै ग्रहकले रेफर गर्दै यस परियोजना बाट धेरै भन्दा धेरै ग्राहकले फाईदा लिन सकुन भनेर नै यस इन्टरनेट उपहार दिने अवधारणा ल्याएका हौ । “ भायानेटका सेल्स एण्ड मार्केटिङ उपाध्यक्ष शहिन श्रेष्ठले बताए ।