राजनीति

सभापति लामिछाने भन्छन्ः आफू माथि प्रश्न उठ्दा आँखा जुधाएर सामना गर्ने हिम्मत आफैँ गरौँ

११ माघ, काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफू माथि प्रश्न उठ्दा आँखा जुधाएर सामना गर्ने हिम्मत आफै गरौं भनेका छन् । उनले संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानुन बनाउन सिङ्गो संसदले ‘सर्वदलीय प्रतिवद्द्ता’ गरेको दिन देश सुमार्गमा हिड्न शुरु हुन्छ भन्ने विश्वासका साथ सामाजिक सञ्जालमा लेखेका छन् ।

उनको भनाईः

राज्यका निकायहरुलाई स्वतन्त्रतापुर्वक काम गर्न दिने ‘सर्वदलिय सहमति’ गरेको दिनदेखि देश बन्न शुरु हुन्छ। संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानुन बनाउन सिङ्गो संसदले ‘सर्वदलीय प्रतिवद्द्ता’ गरेको दिन देश सुमार्गमा हिड्न शुरु हुन्छ। त्यसपछी मिडियारसोसल मिडियामा कसैलाई फसाउन वा बचाउन कोहि दिनरात नाङ्गो भैरहनु पर्दैन। आफू माथि प्रश्न उठ्दा आँखा जुधाएर सामना गर्ने हिम्मत आफै गरौं, तलबी सेना अफ बिटमा ननचाऔं। फेस गरौं, फेस नलुकाऔं।
ब्यवस्थाका केही हाइज्याकरहरुलाई चुनावबाट हराउन आँट गरे मात्र पुग्छ। नागरिकका अधिकार बिचमा बसेर लुट्ने र हाइज्याकरको रक्षाकालागि दिनरात खट्ने ८/१० थान मतियार (न्यारेटिभ सेटर) हरुले लामो छुट्टी लिए, समाजिक संजालपनि अझ इन्ट्रेस्टिङ बन्थ्यो।
स्वाद र सुविधा अनुसार गलत ज्ञान पेलेको पेल्यै, पेलेको पेल्यै, पेलेको पेल्यैपनि नगरौं, देश बन्छ।
अन्त्यमा, देश बन्छ तर कहिले बन्छ त भन्दा, हाइज्याकरहरुको अन्त्य चुनाव बाट गरेपछी मात्रै बन्छ। चुनाव कहिले?? ८४ मा/
हैट, चौराआआआआआसिमा ?????!!!!